स्थानीय तह निर्वाचन : रुपन्देहीमा सबै पालिका प्रमुख दोहोरिने दाऊमा

बुटवल - स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु पालिका प्रमुखहरु आउने तयारीमा छन् ।
पाँच वर्ष पालिकाका हाकेकाहरु सोही पदमा दोहोरिनको लागि हरेक कोणबाट प्रयास गरिरहेका छन् । १६ वटा स्थानीय तह रहेको रुपन्देहीका सबै पालिका प्रमुखहरु पार्टी र जनताले विश्वास गरे फेरि एक पटक सोही पदमा बसेर काम गर्ने लालसा देखाएका छन् । उनीहरुमध्ये अधिकांशको पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्ने रहेको छ ।
रुपन्देहीको जिल्लामा एक उपमहानर, पाँच नगर र १० वटा गाउँपालिका रहेका छन् । ती सबै प्रमुखहरुले अहिले पुन सोही पदमा चुनाव लड्नका लागि लविङ्ग तीव्र बनाएका छन् । बुटवल उपमहानगरपालिकामा पाँच वर्ष अवधि पुरा गरेका वाहालवाला मेयर शिवराज सुवेदी आफुले घोषणा गरेका केही कामहरु अधुरा रहेकोले त्यसलाई पुरा गर्न पुनः निर्वाचन लड्न चाहेका बताए । उनले भने, ‘धेरै काम त भएका छन् तर केही कामहरु जस्तै स्मार्टसिटी, सुकुम्बासी समस्याको स्थायी समाधान जस्ता कामहरु बाँकी रहेका छन् । ती कामहरु पुरा गर्नका लागि अरु आएरभन्दा मलाई बढी सजिलो हुन्छ जस्तो लाग्छ । सुवेदीसहित बुटवलबाट ८ जनाको नाम नेकपा एमाले नगरकमिटिले मेयर पदका लागि केन्द्रमा सिफारिस गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासु घिमिरे पनि पुनः सोही पदमा दोहो¥याउन चाहेका छन् । त्यसका लागि उनले पार्टी नेतृत्वदेखि स्थानीय नेताहरुसँग लविङ्ग तीव्र बनाएका छन् । त्यसैका लागि उनले निमार्ण सम्पन्न भइनसकेको टवर उद्घाटनका लागि एमाले अध्यक्ष केपी ओलीलाई ल्याएर उद्घाटन गराए । उनले भने, ‘मैले धेरै काम गरेको छु तर अर्झै पनि केहि काम हरु गर्न वांकी छ, त्यसका लागि थप केहि समय चाहिएकोले म पुन मेयरमै चुनाव लड्ने तयारी गरेको छु ।’रुपन्देहीकै अर्को नगरपालिका देवदह नगरपालिकामा नेपाली कांग्रेसका तर्फवाट निर्वाचन जितेका मेयर हिरा वहादुर केसी पनि पुन निर्वाचन लड्ने तयारीमा रहेका छन् । उनले पनि अधुरा रहेका कामहरु पुरा गर्नकै लागि पुन सोही पदमा निर्वाचन लड्न चाहेका प्रतिक्रिया दिए । उनले भने, ‘पहिलो पटक केही अनुभव र केहि सिकाईहरु भए, पुर्वाधार निमार्ण क्षेत्रमा एतिहासिक काम पनि भए, अझै केहि समय पाएमा देवदहलाई देशकै उत्कउष्ट पालिका बनाउने मसंग योजना छ ।’
रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमाले का उमेदवार चित्र केसीले निर्वाचन जितेका थिए । उनले पनि फेरि सोही पदका लागि तीव्र लविङ्ग गरिरहेका छन् । उनका लागि पनि पाँच वर्ष अवधि छोटो लागेको छ । उनले भने, ‘जनप्रतिनिधिहरु आएपनि सैनामैनामा धेरै काम भए, तर केही काम अझै वाँकी रहेकोले म दोस्रो कार्याकालका लागि इच्छा जाहेर गरेको छु, पार्टीले विश्वास गरेर टिकट दिए र जनताले जिताए धैरैकाम गर्ने छु ।’ रुपन्देहीकै सिदार्थनगर नगरपाकिामा मेयर हरि अधिकारी अहिले पनि सोहि पदमा चुनाव लड्ने तयारीमा छन् । पार्टीले टिकट दिए फेरि मेयर बनेर बस्ने उनको इच्छा देखिन्छ ।
उनले भने, ‘नगर कमिटिले नाम सिफरिस गरेको छ हेरौं पार्टीले के गर्छ, फेरि निर्वाचन जिते सिदार्थनगरमा बाँकी रहेका कामहरु सम्पन्न गर्ने छु ।’ त्यसैगरी रुपन्देहीकै अर्को नगरपालिका लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी पनि पुन सोही पद दोहोराउने दाउमा देखिएका छन् । अघिल्लो पटक स्वतन्त्र रुपमै निर्वाचन जितेका चौधरी यस पटक जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लड्ने तयारीमा छन् ।
उनले भने, ‘अझै एक पटक काम गर्न अवसर पाए धेरै काम गर्न सक्छु भन्ने लागेको छ।’ रुपन्देहीमा रहेका १० पालिकाका सबै पालिका अध्यक्षहरु निर्वाचन लड्ने तयारीमा जुटेका छन् । रुपन्देहीको मायादेवी गाउपालिकाका अध्यक्ष धुर्वनारायाण चौधरी, सियारी गाउपालिका अध्यक्ष अयोध्या थारु, शुद्धोधन गाउपालिका अध्यक्ष किशुनचन्द्र चौधरी, कञ्चन गाउपालिका अध्यक्ष गोकर्णसिंह थापा क्षेत्री पुनः निर्वाचन लड्नका लागि सबै तयारी गरेका छन । त्यसैगरी ओमसतिया गाउपालिका अध्यक्ष हिरा केवट जितेको पार्टी माओवादी छोडेर अहिले एमालेमा पवेश गरे । त्यस्तै गैडहवा गाउपालिकाका अध्यक्ष बच्छुलाल केवट, कोटहीमाई गाउपालिका अध्यक्ष चन्द भुषण यादव, मर्चवारी माइगाउपालिका अध्यक्ष केशवानन्द बानियाँ तथा समरीमाई गाउपालिकाका अध्यक्ष जितेन्दनाथ शुक्ला पुन सोही पदमा निर्वाचन लड्ने तयारीमा लागेका छन् । उनीहरु मध्ये टिकट सुनिश्चितताका लागि रोहिणी गाउपालिका अध्यक्ष सनोज कुमार यादव, समरीमाई गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला र ओमसतिया गाउपालिका अध्यक्ष हिरा केवटले पार्टी परिर्वतन समेत गरेका छन् ।
विश्वशान्तिको कामना गर्दै भैरहवामा मनाइयो हनुमान् जयन्ती

निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

निस्दीमा घट्दैछ बालविवाह

प्रधानमन्त्री ओलीद्वारा पाणिनि सम्मेलन उद्घाटन

पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल

पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

तीन वर्षमा बाँकेका १५० होटल बन्द

प्रतिक्रिया