कर्णालीमा चुनावमा भाग लिने दलको सङ्ख्या कम

जाजरकोट - विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको सङ्ख्यासमेत कम देखिएको छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको सङ्ख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।
रुकुमपश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए । उल्लेखित दलहरूले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउनेछन् भने बाँकीले अन्य दलको चुनाव चिह्नमा निर्वाचन लड्नुपर्ने छ ।
डोल्पामा महिला मतदाता सङ्ख्या ११ हजार ३७९ र पुरुष ११ हजार ६१ रहेको छ । त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या एक लाख ११ हजार ७१८ र पुरुष एक लाख ६३ हजार २५ रहेको छ । रुकुमपश्चिममा महिला ४५ हजार ७९९ र पुरुषको सङ्ख्या ४६ हजार ५४७ रहेको छ ।
सल्यानमा महिला मतदाता सङ्ख्या ७७ हजार ८११ र पुरुषको सङ्ख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा महिला १६ हजार ७९५ र पुरुषको सङ्ख्या १८ हजार १६७ रहेको छ । जाजरकोटमा महिलाको सङ्ख्या ४९ हजार नौ, पुरुषको सङ्ख्या ५४ हजार ८५८ रहेको छ । त्यस्तै दैलेखमा महिला मतदाता सङ्ख्याको सङ्ख्या ७४ हजार ६८९ रहेको छ भने पुरुषको सङ्ख्या ७४ हजार ३८ रहेको छ ।
कर्णाली प्रदेशभरिको महिला मतदाता सङ्ख्या चार लाख ४९ हजार ३० रहेको छ भने पुरुषको सङ्ख्या चार लाख ५९ हजार ४०१ रहेको छ । नौ लाख आठ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ । जुम्ला, हुम्ला र कालिकोटको मतदाता सङ्ख्या प्रदेश निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको छैन । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया