निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

चितवन - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।
आज पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए ।
उनले भने, `अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।`
यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए । उनले भने, `केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।`
शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । उनले भने, “कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।”
फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए । उनले भने, `राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन् ।` देशलाई मायाँ गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उनको तर्क थियो । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया