बर्नलीका मुख्य प्रशिक्षक सिन बर्खास्त
काठमाडौँ – इंग्लीस प्रिमियर लिग क्लब बर्नलीले मुख्य प्रशिक्षक सिन डायचलाई बर्खास्त गरेको छ । लिग अन्तर्गतको केवल ८ खेल बाकी छदा क्लबले डायचलाई बर्खास्त गरेको हो ।
रेलिगेसन जोनमा रहेको बर्नलीले पछिल्ला ६ मध्ये ५ खेलमा पराजय भोगेको छ । पछिल्लो पटक लिगको पुछारमा रहेको नर्विच सिटीसँग २–० ले पराजित भएको थियो ।
लिग तालिका अन्तर्गत बर्नली ३० खेलबाट २४ अंक जोड्दै १८ औ“ स्थानमा रहेको छ र उसले रेलिगेसनबाट जोगिन अहिले कम्तिमा ४ अंकले पछि परेको छ । बर्नलीका अध्यक्ष अलान पेसले डायचलाई बर्खास्त गर्नु कठिन निर्णय भएपनि अहिलेको अवस्थामा परिवर्तन आवश्यक रहेको बताए ।
क्लबले सहायक प्रशिक्षक इयान ओआनलाई पनि बर्खास्त गरेको छ ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया