आर्मीलाई पराजित गर्दै उत्तर प्रदेश तेस्रो

काठमाडौँ – त्रिभुवन आर्मी क्लबलाई पाखा लगाउदै उत्तर प्रदेश क्लब ११ ले प्रो क्लब च्याम्पियनशीप क्रिकेटमा तेस्रो स्थान हात पारेको छ । भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार भएको खेलमा उत्तर प्रदेशले आर्मीलाई ३० रनले पराजित गर्यो ।
जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको आर्मी १८ ओभरमा अलआउट हुदै १ सय ९ रनमा सिमित भयो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३५ रन जोडे । उत्तर प्रदेशका विपिन चन्द्र र तेजास सिंहले समान तीन–तीन विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको उत्तर प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३९ रन जोड्यो । उत्तर प्रदेशका लागि सन्दीप मित्तलले ४३ रनको योगदान गरे । आर्मीका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया