बेरोजगारी र गरिबी अन्त्यका लागि सही नेतृत्व आवश्यक: अध्यक्ष लिङ्देन

चितवन - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन् । राप्रपाले आज यहाँ योजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा सही नेतृत्व छान्न नसक्दा बेरोजगार र गरिबीको अन्त्य हुन नसकेको बताए ।
उनले भने, `बेरोजगार र गरिबी अन्त्यका लागि सही नेतृत्व छनोट गर्ने समय आएको छ ।` उनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास गर्न नसकेकाले अब विकल्प सोच्ने बेला आएको बताए । उनले भने, `चुनावलाई ख्यालख्याल नठानौँ, भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाउ–बाजेको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।`
भोट दिँदा छोरी दिएको जस्तो गरी सोचेर दिन उहाँले आग्रह गरे । उनले थपे, `छोरी दिँदा जति सोचेर बुझेर दिइन्छ त्यति नै भोट दिँदा सोचिएन भने देशले दुःख पाउँछ ।`
विगत निर्वाचनहरुमा ठिक पार्टी र नेता छान्न नसक्दा देश र जनताले दुःख पाएको उनको भनाइ थियो । जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने उनको भनाइ थियो । उनले भने, “देश कस्तो बनाउने भन्नेबारे तीनै पालिकाको विकास गरेर देखाउँछौँ । नमूना पालिका बनाउनेछौँ ।”
कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र हेम्जङ गुरुङले आगामी निर्वाचनमा राष्ट्रवादीको जीत भएमा देश र जनताले दुःख नपाउने बताए । अहिले आफूहरू देश बचाउनका लागि गुहार माग्न जनतामाझ आएको नीहरुको भनाइ थियो ।
रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया