शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

पाल्पामा बस दुर्घटना, दुईकाे मृत्यु

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । बस दुर्घटनामा परि एक बालक सहित दुइ जनाकाे मृत्यु भएकाे स्थानीयले बताएका छन् ।

शुक्रबार दिउँसाे लु १ ज ४९०२ नम्बरकाे बस पानीडाँडाबाट जुठातर्फ जाँदै गर्दा बस दुर्घटनामा परेकाे थियाे । प्रहरीका अनुसार बस दुर्घटनामा परि गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारू र ८ वर्षका एक बालकाे ज्यान गएकाे बताइएकाे छ । दुर्घटनामा अरु चार जना घाईते भएका छन् । उनीहरुको तानसेनमा उपचार भैरहेक‍ाे छ ।