करोडौँ खर्चिदा पनि व्यवस्थापन हुन सकेन काठमाडौँ उपत्यकाको फोहोर

काठमाडौँ - सडकका किनारामा फोहोर छ । सार्वजनिक यातायात बस फोहोरको थुप्रो नजिक रोकिन्छ । फोहोरको थुप्रो छेउबाट यात्रुहरू बसमा उक्लिन्छन् । हिजो आज यस्ता दृश्य काठमाडौँ उपत्यकाको भित्रि सडकखण्डमा प्रशस्तै देखिन्छ ।
करिब दुई साता हुन लाग्दा पनि काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका १७ वटा नगरपालिकाको फोहोर उठ्न सकेको छैन । कारण सहजै अनुमान लगाउन सकिन्छ,' सिसडोलबासीको अवरोधका कारण उपत्यकाको सडकबाट फोहोर उठ्न सकेको छैन ।'
काठमाडौँका सडकबाट फोहोर नउठ्नु कुनै नौलो समस्या होइन् । कुनै समय महिनामा दुई-तीन पटकसम्म फोहोर उठ्दैन । जसका कारण दुई सातासम्म सडकमा फोहोरको चुली बन्छ । सडकबाट एक दिन फोहोर नउठदा १२ सय मेट्रिक टन फोहोर जम्मा हुन्छ । तर, महानगरले स्थानीयको समस्या समाधान गर्न करिब १२ करोड खर्च गरिसक्दा पनि समस्या ज्यूँको त्यूँ छन् ।
आखिर किन महानगरको सडकमा महिनै पिच्छे फोहोर थुप्रिन्छन् ?
सिसडोलबासीको अवरोधले वा महानगरले फोहोरले व्यवस्थापन गर्न नसकेर हो ? स्थानीयले समय-समयमा सडक निर्माण स्वास्थ्य चौकीलगायतका विभिन्न माग गरेर सडक अवरोध गरे ।
काठमाडौँ महानगरपालिकाले पनि सडकलगायत अन्य स्वास्थ्य चौकी निर्माण गरिसकेको छ । फोहोर विसर्जन गर्न जाने सडक मानवबस्ती भएर जानु पर्ने भएकाले स्थानीयले समुदायको साझा समस्या जस्तो गरी फोहोरको सवारीसाधनलाई अवरोध गर्ने महानगरपालिकाकी वातावरण व्यवस्था विभागका प्रमुख सरिता राईले बताइन् ।
उनका अनुसार हिजो आज दैनिक फोहोर उठ्न थालेको छ । सडक निर्माणको काम पनि भइरहेको छ । प्रहरी परिचालन गरेर भए पनि फोहोरको सवारीसाधन पास भइरहेको छ । करिब दुई सातादेखि सडकमा जम्मा भएको फोहोर उठाउन अझै दुई-तीन लाग्न सक्ने उनको भनाइ छ ।
महानगरले स्थानीयको मागहरू पूरा गरिदिएपछि मात्र अवरोध हट्ने गरेको छ । स्थानीयको जग्गा अधिग्रहण र सडक निर्माणको काम महानगरपालिकाले मात्र गर्न नसक्ने राईले बताइन् । सम्बन्धित निकायलाई लिखित वा मौखिक रुपमा जानकारी गराउँदा पनि समयमा समाधान हुन नसकेको उनले राईले गुनासो गरिन् ।
किन बारम्बार काठमाडौँका सडकमा फोहोर थुप्रिन्छन् ?
ल्याण्डफिल साइटको क्षमता पूरा नहुनु । वैकल्पिक ल्याण्डफिलको व्यवस्था नहुनु । ल्याण्डफिल जाने सडकखण्डको अवस्था दयनीय हुनु । वैकल्पिक मार्गको व्यवस्था नहुनु ।
वर्षातको समयमा फोहोरमाथिको बाटोमा लोड भएका सवारीसाधनहरू उक्लन नसक्नु । स्थानीय बासिन्दाहरूबाट विभिन्न समयमा विभिन्न मागहरू राखी बन्द हडताल गरी फोहोर विसर्जनमा अवरोध हुनु ।
फोहोर उत्पादन गर्ने अन्य स्थानीय तहहरूले ल्याण्डफिल साइट व्यवस्थापनमा चासो नदिनु । आन्तरिक व्यवस्थापनः पुराना र अधिकांश थोत्रा सवारी साधनहरू, जनशक्ति, श्रोत साधन हुनु । एकीकृत फोहोरमैला व्यवस्थापनको प्रकृया टुङ्गो नलाग्दा व्यवस्थित र प्रविधिमैत्री फोहो व्यवस्थापन अन्योलमा पर्नु ।
महानगरले सिसडाेलकाे प्रभावित क्षेत्रकाे लागि के–के गर्याे ?
महानगरले सिसडोलबासीका लागि फोहोर प्रभावित क्षेत्रमा ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ खर्च गरिसकेको छ । सिसडोल स्वास्थ्य चौकीमा एक अहेवसहित ९ जना स्थानीय बासिन्दा कर्मचारीको तलब भत्ता महानगरले उपलब्ध गराउँदै आएको छ ।
ककनी गाउँपालिकालाई एम्बुलेन्ससहित चालक उपलब्ध गराएको छ । प्रभावित क्षेत्रका स्थानीयलाई रोजगारी, तिनपिप्लेदेखि सिसडोल सम्मको नाली सफा गर्न एक सुपरभाइजरसहित ५ जना स्थानीय बासिन्दालाई दैनिक ज्यालामा लेन्थ वर्करको रुपमा परिचालित छन् । ल्याण्डफिल साइट व्यवस्थापमा सहयोगीको रुपमा ६ जना लेन्थ वर्कर छन् ।
प्रधानमन्त्री मन्त्रिपरिषदको कार्यालयले गत चैत २६ गते सहरी मन्त्रीको संयोजकत्वमा समिति बनायो । विगतमा भएका प्रतिबद्धताहरूको कार्यान्वयन, ल्याण्डफिल साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्नुपर्दा पनि समाधान फोहोर विसर्जनको समाधान भएन ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया