बाँकेमा एकै दिन चार कोभिड संक्रमितको मृत्यु

बाँके : उपचाररत चार कोभिड-१९ सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५:२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६:४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २:४५ बजे र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो ३:२० बजे मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत अवस्थामा सुधार नआएपछि कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारकोक्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ । (रासस)

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

मिथिलामा ‘झुला’ पर्व सुरु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

दाजुको हत्या गरी फरार युवक पक्राउ

ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै गुम्छ जीवन

प्रतिक्रिया