बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त
धनगढी : बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ । मंगलबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीयले टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुङगा प्रहार गरेका छन् । मृतकको शव पनि ईलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदशन गरेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले तनाव बढेपछि बल प्रयोग गरेको बताए । उनका अनुसार ठक्कर दिने बस र बर्दोगोरिया गाउँपालिका-१ का चालक ३१ वर्षीय पुष्प कडेँललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया