रुपा गाउँपालिकामा एमालेबाट हालकै अध्यक्ष ओझा सिफारिस

कास्की- नेकपा एमालेले कास्कीको रुपा गाउँपालिकाबाट हालकै अध्यक्ष नवराज ओझालाई उम्मेद्वार सिफारिस गरेको छ । हालकै अध्यक्ष ओझालाई अध्यक्षमा र उपाध्यक्ष लालसुब्बा गुरुङको नाम सर्वसम्मतले सिफारिस गरिएको छ । योसँगै सबै वडाका अध्यक्ष र सदस्यहरुको समेत सर्वसम्मत नाम सिफारिस भएको छ ।
नाम सिफारिस हुने वित्तिकै अध्यक्ष ओझाले आफूले पाएको सरकारी गाडी फिर्ता दिएर चुनावी प्रचारमा हिडेका छन् । उनको नाम सिफारिस भएपनि पार्टीबाट टिकट टुंगिएको छैन । ओझाले उपाध्यक्ष गुरुङलाई समेत साथमै लिएर वडावडामा भेला र चुनाव प्रचार सुरु गरेका हुन् ।
एमालेले ओझालाई नै टिकट दिने लगभग सहमति छ । त्यसैले भोट माग्न हिडेका हुन् । ‘सर्बसम्मत नाम सिफारिस भएकोले हामीलाई समस्या भएन । माथीबाट अरु नाम आउने सम्भावना खासै छैन,’ ओझाले भने, ‘हामी टीम सहित भोट माग्न हिडेका छौं ।’ ओझाले यसअघिको निर्वाचनमा ८९५ मतान्तर सहित कांग्रेस उम्मेद्वार प्रकाशमोहन खनाललाई पराजीत गरेका थिए ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया