समायोजनपछि प्रदेश सरकारले प्रहरी दरबन्दी पुरा गर्छ - मुख्यमन्त्री पौडेल

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजन पश्चात अपूग जनशक्ति पूर्ति गर्ने बताएका छन् । बागमती प्रदेशमा प्रहरीको दरबन्दी अनुसार जनशक्ति उपलब्ध नभएको भन्दै प्रहरी समायोजन पश्चात प्रदेश सरकारले नै दरबन्दी सिर्जना गर्ने मुख्यमन्त्री पौडेलले बताए ।
यो वर्ष प्रहरी समायोजनको कार्य सकिने उनको भनाई छ । मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुको कार्यसम्पादन समिक्षा एवम् आगामी रणनीति निर्धारण गोष्ठीलाई सम्बोधन गर्दै उनले समायोजन पछि प्रदेश प्रहरीलाई नयाँ ढंगले सोच्न सकिने बताए ।
सीमित जनशक्ति र कम स्रोत साधनका बाबजुत पनि प्रहरीले नागरिकलाई अनुभूति हुने गरी काम गरेको उनको भनाई छ । शान्तिसुरक्षा व्यवस्थित नहुँदा समृद्धिको कल्पना समेत गर्न नसकिने भन्दै सुशासन हुन अनिवार्य शान्ति सुरक्षा व्यवस्थित हुनुपर्ने उनले बताए ।
प्रदेश सरकारको तीन वर्ष कानुन र भौतिक संरचना बनाउँदै बितेको भन्दै उनले स्थायी सरकार पनि फेल गराउने खेलहरु देशमा भइरहेको सुनाए । यस्तो अवस्थामा पनि प्रहरीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी सेवा दिनुपर्नेमा उनले जोड दिए ।
यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न सकिएको भन्दै अन्य प्रदेशको भन्दा बागमती प्रदेश प्रहरी अब्बल भएको दाबी गरे ।

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

प्रतिक्रिया