मुम्बईको लगातार छैटौं हार

काठमाडौं – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ ।
शुक्रबार मुम्बईमा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।
२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन बनाउन सक्यो ।
मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो ।
लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा १०३ रन बनाए । यस्तै मनिष पाण्डेले ३८ रन बनाए ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया