बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

एफए कप : रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

काठमाडौं - चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै  लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछि उपाधी नजिक रहेको छ। । सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काए पनि टोलीले हार टार्न सकेन 

लिभरपुलले उपाधिका लागि आइतबार साझ चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासंग खेक्नेछ ।