बराबरीमा रोकियो युभेन्ट्स

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा शनिबार राति भएको खेलमा युभेन्ट्स बोलोग्नासँग १-१ अन्तरको बराबरीमा रोकिएको छ ।
युभेन्ट्स ९ खेलाडीमा सिमित बोलोग्नासँग अन्तिम समयमा गोल गर्दै हारबाट जोगिएको थियो ।
खेलको ५२औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए । इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्सलाई बराबरीमा ल्याए ।
खेलको ८४औं मिनेटमा दुई खेलाडीले रातो कार्डको सामना गरेपछी बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अंक जोडेर चौंथो स्थानमा छ । बोलोग्ना ३८ अंक जोडेर १३ औं स्थानमा छ ।
गय रातिका अन्य खेलमा टोरिनो र लाजियोले १-१ गोलको बराबरी खेले । फिओरेन्टिनाले भेनेजियालाई १-० अन्तरले हरायो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया