महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रले गर्छ : कांग्रेस प्रवक्ता महत
'ओलीजी गफ गर्नुहुन्छ, हामी काम गर्छौँँ'

काठमाडौँ - नेपाली कांग्रेसले महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रबाट गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय आवश्यकताअनुसार महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रले गर्ने बताएका हुन् ।
काँग्रेस प्रचारप्रसार समितिले आइतबार प्रेस युनियनका पत्रकारसँग गरेको जुम मिटिङमा प्रवक्ता महतले तालमेल हुन नसकेका स्थानमा स्वस्थ प्रतिस्पर्धा हुने बताए । 'स्थानीय आवश्यकताअनुसार उपमहानगर र महानगरमा गठबन्धनलाई कुन दिने/लिने केन्द्रले तय गर्छ,' उनले भने, 'अरु तल्लो तहको आवश्यकता अनुसार हुन्छ । तालमेल हुन नसकेका स्थानमा स्वस्थ प्रतिस्पर्धा हुन्छ ।'
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गफ धेरै गर्ने गरेको भन्दै आफूहरू काम गरेर देखाउने बताए । कम्युनिष्टले कामै नगरेर प्रचार गर्ने गरेको भन्दै काग्रेसले काम गर्ने उनको भनाइ छ । युनियनमा आवद्ध पत्रकारलाई कांग्रेसको राम्रो कुरा प्रचार गर्न उनले आग्रह गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया