नयनराज पाण्डेको उपन्यास 'उलार' अब रंगमञ्चमा

काठमाडौँ- नयनराज पाण्डेको लोकप्रिय उपन्यास उलार अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ । यही वैशाख छ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने नाटक चे शंकरको परिकल्पना तथा निर्देशनमा प्रस्तुत हुन लागेको हो ।
गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा मञ्चन गर्न लागेको नाटकमा सरिता गिरी, सबिर चुरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईंलगायत कलाकार मुख्य भूमिकामा देखिने छन् ।
दर्जन बढी नाटक निर्देशन गरेका चे शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एन्ड स्कुल ब्वायलगायत नाटक मञ्चन भइसकेका छन् ।
२५ वर्षअघि प्रकाशित उलार नेपालगञ्जको परिवेशमा बुनिएको उलार सीमान्त तहका जनताको संघषको कथा हो । नयनराज पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको उलारको कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा अद्यापि सान्दर्भिक रहेको निर्देशक चे शंकरको भनाइ छ ।
पाठकले निकै रुचाएको उलारका पात्र र कथालाई नाटकका रुपमा दर्शकमाझ ल्याउने काम चुनौतीपूर्ण भए पनि आफू उत्साहित रहेको उनले बताए । उनले नाटक मञ्चनका लागि एक महिना बढी रिहर्सल गरेको बताए । नाटक वैशाख ६ देखि १८ सम्म मञ्चन हुनेछ ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया