सुरक्षा पन्त र दीपकराज गिरीलाई राष्ट्रिय पुरस्कार, ‘आमा’ उत्कृष्ट फिल्म

काठमाडौँ – अभिनेत्री सुरक्षा पन्तले ‘आमा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी छिन् । आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा सुरक्षाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार ग्रहण गरिन् । यसैगरि अभिनेता तर्फको अवार्ड भने दीपकराज गिरीले ‘छ माया छपक्कै’बाट प्राप्त गरे ।
२०७६ साल र २०७७ सालका फिल्मलाई एकैचोटि मूल्यांकन गरी बाँडिएको राष्ट्रिय पुरस्कारमा २०७६मा प्रदर्शन भएको ‘आमा’ हाबी रह्यो । यो फिल्मले उत्कृष्ट फिल्मको पुरस्कार जित्यो भने यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक ठहरिए ।
प्राविधिक विधातर्फ हरि हुमागाइँले छायांकन विधामा अवार्ड जिते भने सम्पादनको अवार्ड निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले प्राप्त गरे । हरि ‘छ माया छपक्कै’मा गरेको छायांकनका लागि उत्कृष्ट ठहरिएका थिए भने निमेष र सुरेन्द्र ‘कबड्डी ३’का लागि । पटकथातर्फको अवार्ड भने ‘जात्रै जात्रा’का लागि प्रदीप भट्टराईले प्राप्त गरे ।
समारोहमा ‘जीवन काँडा कि फूल’का लागि अवस्था थापाले जुरी अवार्ड प्राप्त गरेकी थिइन् भने ‘रातो टीका निधारमा’ फिल्मबाट यही अवार्ड अंकित शर्माले प्राप्त गरे ।
कार्यक्रममा भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधनासम्मान प्रदान गरियो । दीर्घ साधना सम्मानको राशि तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया