भरतपुर महानगरसहित ४ उपमहानगरमा माओवादीको दाबी

काठमाडौँ - स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले १ महानगर र ४ उप(महानगरपालिकामा दाबी गरेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उप–महानगरपालिकामा दाबी गरेको हो । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।
सबै दलहरुले आ(आफ्नो अडान राखेपछि आजको बैठकमा कुनै निष्कर्ष निस्कन सकेन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप–महानगरपालिमा आ–आफ्नै अडान कायम राखेका छन् ।
समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीले आजको बैठकमा रिपोर्टिङ गर्ने काम भएको बताए । ‘केही ठाउँको रिपोर्टिङ गर्न बाँकी थियो । आजको बैठकमा त्यो भयो । अब भोलि बसेर सिटको बाँडफाँटबारे निर्णय गर्छौं’ उनले भने ।
आ–आफ्नै अडान कायम राखे पनि बैठकमा दाबी प्रस्तुत गर्नुको आधार र जित्न सकिने अवस्थाका विषयमा अध्ययन गरेर समितिले निर्णय गर्ने पुरीको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया