पूर्वका उद्योगमा फेरि बिजुली आपूर्ति कटौती

काठमाडौं - नदीमा पानी सतह घट्ने र भारतबाट रातिको समयमा बिजुली आउने क्रम रोकिएपछि प्रदेश १ का उद्योगहरुमा १२ घण्टा विद्युत् आपूर्ति कटौती पुनः सुरु भएको छ ।
पूर्वमा बेलुकी ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म आपूर्ति कटौती गर्नु परेको नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रीड शाखाका प्रमुख राजेश रेग्मीले बताए ।
उनका अनुसार नेपालको बिजुली उत्पादन हिजोदेखि कमी आएकै बेला भारतले रातिको बिजुली नदिएपछि उद्योगलाई करिब ५० देखि ६५ मेगावाट मेगावाटको बिजुली कटौती गरिएको हो ।
पूर्वमा दुहवीको कूल माग १६० मेगावाट, अनारमणिको ४५ र दमकको ३० मेगावाट गरी २३५ मेगावाट छ । आपूर्ति भने काबेली कोरिडरबाट ४५, भारत र नेपालको प्रणालीबाट करिब १३० मेगावाट छ ।
‘ढल्केबर–मुजफ्फपुर र कुसाहा–कटैयाबाट राति बिजुली नआएकाले यो समस्या आएको हो,’ उनले इकागजसँग भने, ‘यही बेला हाम्रो खोलामा पानीको सतह घटेर उत्पादनमा पनि कमी आएको हो ।
आगामी जेठ १५ सम्म यस्तो समस्या रहने प्राधिकरणका प्राविधिकहरु बताउँछन् । बीच–बीचमा पानी प¥यो भने आपूर्तिमा सुधार हुने सम्भावना रहेको छ ।
आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव भएकाले भोट घट्ने डरले गार्हस्थ्य क्षेत्रका उपभोक्ताकहाँ ‘निर्वाध’ बिजुली आपूर्ति भइरहेको हो । ‘बीचमा पानी परेको थियो, बिहारले पनि राति अलि अलि दिएको थियो,’ रेग्मीले भने, ‘अहिले हाम्रो उत्पादन पनि घट्ने र रातिको समयमा नआउने भएकाले उद्योगलाई बिजुली कटौती गर्न बाध्य हुनुपरेको हो ।’
कुसाहा–कटैया प्रसारण लाइनबाट दिउँसो भने १५० मेगावाटसम्म बिजुली आउने गरेको छ ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया