पल प्रकरण : बयान फेरेपछि अब के हुन्छ ?

काठमाडौं- पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत बयान फेरेका स्रोतको दाबी छ।
१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए । हाल उनी तनहुँ कारागारमा छन्।
अब के हुन्छ ?
पीडित भनिएकी बालिकाले नै बयान फेरेपछि शाहलाई राहत पुग्ने देखिएको छ । पीडित पक्षले बयान फेरेसँगै मुद्दा कमजोर हुने छ । पीडितले नै आफूमाथि बलात्कार भएको होइन भनेर बयान दिएको खण्डमा भने पिडक भनिएको पक्षलाई राहत पुग्ने छ । तर यसरी बयान फेर्दा पीडित माथि नै कारबाही हुन सक्ने सम्भावना पनि रहन्छ ।
केही साता अघिमात्र जिल्ला अदालत अछामले बलात्कारकै मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया