व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य

काठमाडौँ - हस्तकलाका वस्तुको निर्यात प्रवद्र्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासङ्घबीच सहकार्य हुने भएको छ । व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तरराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासङ्घले निर्यात प्रवद्र्धनमा सहकार्य गर्न लागेको बताइएको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासङ्घसँग हातेमालो गरेर अघि बढ्ने बताए । महासङ्घका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई जमलस्थित चेम्बर भवनमा आज स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका बस्तुहरूको अन्तराष्ट्रिय प्रर्दशनी एवं मेलामा सहभागिताका लागि आफूले सक्दो पहल गर्ने बताए ।
हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गुर्नुका साथै सीप, कला कौशलका माध्यमबाट संस्कृतिको संरक्षण र सवद्र्धनमा ठूलो सहयोग गर्दै आएको मल्लले जानकारी गराए ।
अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरियालगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको भन्दै अध्यक्ष मल्लले राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिक रूपमा धेरै लाभ लिन सकिने धारणा राखे ।
कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले आफूहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरूको निर्यातका लागि भन्सारलगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको बताउँदै त्यसका लागि सहजीकरण गरिदिन कमर्ससँग आग्रह गरेको बताए । रासस

३१औं कार्गो दिवस सम्पन्नः लजिस्टिक सशक्तीकरणमा बहस, नीति सुधार र बीबीआईएन कने…

बिकाजी फुड्स र चौधरी ग्रुपबीच संयुक्त लगानीमा सम्झौता

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

प्रतिक्रिया