सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं – महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आजको बैठकले महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने उनले विश्वास व्यक्त गरे । ‘सबै ठाउँमा सहमति जुट्न सकेन आज साढे ११ बजे बैठक बसेर टुंग्याउँछौं’ उनले भने ।
उपमहानगर र उपमहानगरको भागबण्डका विषयमा टुंगो लगाउन यसअघि सोमबार दुई पटक बैठक बसेको थियो। सबै दलले आआफ्नो अडान नछाडेपछि बैठक विनानिष्कर्ष सकिएको थियो । बैठक आइतबारदेखि लगातार बसिरहेको छ ।
बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँडका बारेमा छलफल भएपनि सहमति जुट्न सकस भएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया