उद्योग संगठन मोरङद्धारा अर्थमन्त्री र उद्योग मन्त्रीलाई दिए यस्ता सुझाव

काठमाडौं – उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटी आर्थिक बर्ष २०७९÷८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव पेश गरेको छ ।
प्रतिनिधि मण्डलमा अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, ईन्द्र खत्री राजन, पारस लुनिया, पूर्व अध्यक्ष मुकेश उपाध्याय, अध्यक्षका सल्लाहकार सोमनाथ अधिकारी र महानिर्देशक चुडामणि भट्टराईको सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष प्याकुरेलले चालू आर्थिक बर्ष २०७८–७९ को बजेटमा उद्योग व्यवसाय क्षेत्रको हितलाई ध्यानमा राखी नेपाल सरकारले समावेश गरेका तर कार्यान्वयनमा नआएका विषयहरुलाई समेत समेटि तयार पारेको आ.व. २०७९–८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

प्रतिक्रिया