शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

२० किलो गाँजासहित एक पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले २० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका-२ का बुद्धलाल स्याङबोलाई प्रहरीले आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

राक्सिराङ गाउँपालिका-५ मा हिडिरहेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा लागूऔषध सहित उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले स्याङ्बोमाथि थप अनुसन्धान सुरु गरिएको बताए ।