गठबन्धनको निर्णय सबैले मान्नुपर्छ, कार्यकर्तालाई सम्झाउनुपर्छ: डा. शशाङ्क

चितवन - नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् ।
आज पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ थियो ।
आज साँझसम्म गठबन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए । पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, `निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।` कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया