गठबन्धनले टुंग्यायो महानगरको भागबण्डा

काठमाडाैँ- अन्ततः पाँच दलीय सत्ता गठबन्धनले महानगरपालिकाको भागबण्डा टुंग्याएको छ। मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबण्डामा सहमति जुटाएको हो।
पोखरा महानगरको दाबी नेपाली कांग्रेसले छाडेपछि सहमति जुटेको हो। मंगलबार गठबन्धनले गरेको भागबण्डा अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर पाउनेछ भने नेकपा माओवादी केन्द्रले भरतपुर महानगर पाउनेछ। त्यस्तै, वीरगञ्ज महानगर जनता समाजवादी पार्टी (जसपा)ले पाउने भएको छ।
मंगलबारको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार आफूहरुबीच सहमति भइसकेको र एकैछिन पछि निर्णय सार्वजनिक गर्ने बताए।
सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया