मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ - सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । महानगर र उपमहानगरको भागबण्डा अन्तिम रूप दिन आज बिहान पुनः बैठक बस्ने भएको हो । 

मंगलबार रातिसम्म छलफलमा जुटे पनि कुनै सहमति हुन सकेको थिएन । सहमति हुन नसकेपछि आज बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो ।

बैठकमा सहभागी नेताहरूले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् । बैठकले महानगरमा सहमति जुटाइसकेको बताएका छन् । महानगर र उपमहानगरको भागबन्डा मिलाउन गठबन्धनको बैठक आइतबारदेखि बस्दै आएको छ ।