मकवानपुरको कैलाश र भिमफेदीमा समाजवादीका उम्मेदवार सिफारिस

मकवानपुर - नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मकवानपुर जिल्लाको भिमफेदी र कैलाश गाउँ कमिटीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गरेका छन् ।
यी पालिकाहरूमा एकिकृत समाजवादीले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै मैदानमा जाने तयारी गरेको छ । पार्टीले कैलाश गाउँपालिका अध्यक्षका लागि कालु ढकाल, टंक मुक्तान र कमल तितुङको नाम सिफारिस गरेको छ । यस्तै, उपाध्यक्षमा फूलमाया गोले र लालिमाया ब्लोनलाई सिफारिस गरेको हो ।
कैलाशका १० वटा वडामध्ये ५ वटा वडामा वडाध्यक्षका सिफारिस गरिएको छ । वडा नम्बर ५ मा सुन्दर तितुङ, ६ मा लिबहादुर घले, ८ मा राजेश लामा मुक्तान, ९ मा नरबहादुर घलानको सिफारिस भएको छ । १० नम्बर वडामा पनि समाजवादीको दाबी रहेको बताइएको छ ।
यसैगरी जिल्लाको भीमफेदी गाउँपालिकामा पनि आसन्न स्थानीय तहको निर्वाचनको लागि समाजवादीका उम्मेदवार सिफारिस गरिएको हो । नेकपा (एकीकृत समाजवादी) भीमफेदीले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ९ वडामा अध्यक्षको सिफारिस गरेको छ ।
पार्टीले अध्यक्षमा शिवहरि बर्तौला, उपाध्यक्षमा गोमा लामालाई सिफारिस गरेको हो । यस्तै, वडा अध्यक्षहरुमा १ मा सुनिल गोले र जीवन घलान, २ मा कर्णबहादुर पाख्रिन र कमल गोपाली, ३ मा गुणबहादुर पाख्रिन र सोम लामा, ४ मा समिर श्रेष्ठ र मन्दिरा चुनीमगर, ५ मा मानबहादुर भोलन र शुक्रबहादुर स्याङ्तानलाई सिफारिस गरेको छ ।
यस्तै, वडा नम्बर ६ विजय लामा र दिनेश पनेरु, ७ मा राजकुमार आचार्य र सञ्जय राना, ८ मा दीपक बस्नेत र अमृत कठायत तथा वडा नम्बर ९ मा अरुण बर्तौला र विनोद बर्तौलाको नाम सिफारिस भएको भीमफेदी इञ्चार्ज शिवहरि बर्तौलाले बताए ।
यी पालिकाहरूमा एकिकृत समाजवादीले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै मैदानमा जाने तयारी गरेपछि पार्टीभत्रको आकाक्षिहरूलाई गाउँ कमिटी जिल्ला कमिटीमा नाम सिफारिस गरेको पार्टी प्रचार विभाग प्रमुख रामकुरमा एलनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया