चीनमा कोभिड : सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

बेइजिङ- चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।
तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।
पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्धरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ ।
‘अस्पताल भर्ना भएपछि बिरामीहरु गम्भीर अवस्थामा पुगेका थिए । निस्प्रभावी उद्दार प्रयत्नपछि उनीहरुको मृत्यु भयो । मृत्युको मुख्य कारण दीर्धकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ ।
यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया