कांग्रेस महामन्त्री शर्माले अर्थमन्त्रीको राजीनामा मागेका हुन् ?
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने संकेत गरेका छन् । बुधबार सामाजिक सन्जालमार्फत महामन्त्री शर्माले घुमाउरो पारामा अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका हुन् । उनले गभर्नर निलम्बन प्रकरणमा यसअघिको एउटा घटनालाई पनि स्मरण गरेका छन् ।
'बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !,' उनले लेखेका छन्, 'समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !'
महामन्त्री शर्माले प्रत्यक्षरूपमा अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने उल्लेख नगरेको भए पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने संकेत गरेका छन् ।
गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि अर्थमन्त्री शर्माले नैतिक रूपमा राजीनामा दिनुपर्ने भन्दै आलोचना भइरहेको छ ।
विभिन्न आरोप लगाउँदै सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएर उनी उनी स्वत: निलम्बनमा परेका थिए । मंगलबार सर्वोच्च अदालतले अधिकारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशसँगै गभर्नर अधिकारी आजबाट काममा फर्किने भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया