नेपाल विवेकशील पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौं – नेपाल विवेकशील पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणापत्र तयार गरेको छ । पार्टीका प्रवक्ता विजय बाबु सिवाकोटीले विज्ञप्ति जारी गर्दै घोषणापत्र सार्वजनिक गरेका हुन् ।
देशभरका स्थानीय तहहरूलाई आवश्यक पर्ने न्यूनतम मापदण्डलाई आधार बनाइ घोषणापत्र तयार गरिएको सिवाकोटीले बताए । पार्टीले देशभरका विभिन्न स्थानीय तहहरूमा कुकुरको मुखाकृति चुनाव चिह्न लिई प्रतिस्पर्धा गर्दै छ ।
उक्त दस्ताबेज तथा स्थानीय आवश्यकताका आधारमा पार्टीको तर्फबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने आधिकारिक उम्मेदवारहरूले आ–आफ्ना घोषणापत्रहरू जारी गर्न सक्ने उक्त विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ घोषणापत्रमा भएका मुख्य मुद्दाहरू
१) सुशासित, सुव्यवस्थित स्थानीय तह (सुविधायुक्त, प्रविधियुक्त तथा झन्झट मुक्त सार्वजनिक सेवा)
२) गरिखान सक्ने, सबल, उद्यमशील स्थानीय तह (जीवनयापन, उत्पादकत्व तथा आर्थिक सम्पन्नता)
३) सुन्दर, हराभरा, बाँझो रहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन)
४) विविधता युक्त, समावेशी स्थानीय तह (सांस्कृतिक उत्थान, सम्पदा संरक्षण तथा विविधता)
५) गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायतका आधारभूत सुविधाहरु सुनिश्चित गर्ने स्थानीय तह (पूर्वाधार तथा समतामूलक विकास)
६) समन्वय र सहकार्य (स्थानीय, प्रदेश तथा संघीय सरकार)

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया