पहिलो तीन महिनामा नेटफ्लिक्सले गुमायो २ लाख ग्राहक

लसएन्जल्स - नेटफ्लिक्सले सन् २०२२को पहिलो ती महिनामा २ लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको छ । मंगलबार कम्पनीको अवस्था सार्वजनिक गर्ने क्रममा पहिलो क्वार्टरमा २ लाख ग्राहकले नेटफ्लिक्सले छाडेको बताएको हो । कम्पनीले आउँदा ३ महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण गरेको छ ।
दस वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो । कम्पनीले यसमा रुसको तथ्यांक समावेश नगरिएको जनाएको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि नेटफ्लिक्सले रुसबाट आफ्नो सेवा फिर्ता गर्ने निर्णय गरेको थियो ।
अन्यथा यहाँबाट ५ लाख सब्क्राइबर बढ्ने कम्पनीको अपेक्षा थियो ।कम्पनीले वर्षको सुरुमा भने साढे २ लाख ग्राहक बढ्ने प्रक्षेपण गरेको थियो । उता वाल स्ट्रिट एनालिस्टले २ लाख ८० हजार नयाँ ग्राहक कम्पनीमा जोडिने अनुमान गरेको थियो ।
तर सबै अनुमान विपरित कम्पनीले ग्राहक गुमाएको हो । नेटफ्लिक्सले प्रतिस्पर्धा बढ्नु र पासवर्ड बाँडीचुँडी हेर्न मिल्ने व्यवस्थालाई ग्राहक घट्ने मुख्य कारण मानेको छ । कम्पनीले ग्राहक लोभ्याउने अन्तिम हतियार नै कन्टेन्ट भएको बताउँदै यो सालका १८ अर्ब डलर फिल्म तथा सिरिजमा खर्चमा गर्ने लक्ष्य लिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया