पूर्व विश्व नम्बर एक टेनिस खेलाडी सारापोभा गर्भवती
काठमाडौँ - पूर्व विश्व नम्बर एक टेनिस खेलाडी मारिया सारापोभा गर्भवती भएकी छन् । आफ्नो ३५ औ जन्मदिन मनाउनेक्रममा रुसी पूर्व खेलाडी सारापोभाले आफू गर्भवती भएको बताइन् । उनले पहिलो बच्चालाई जन्मदिन लागेको सामाजिक सञ्जालमार्फत जनाइन् ।
पाँच पटककी ग्रान्ड स्लाम विजेता सारापोभाले सन् २०२० मा सन्यासको घोषणा गरेकी थिइन् ।
‘अमूल्य सुरुवात !!!,’ उनले समुद्र तटमा उभिएको र मुस्कुराउँदै गरेको फोटोको साथमा लेखेकी छन् । ‘दुई जनाका लागि जन्मदिनको केक खानु सधैं मेरो विशेषता हो।’
डिसेम्बरमा सारापोभा र बेलायती व्यापारी अलेक्जान्डर गिल्केसले इन्गेजमेन्ट भएको खुलासा गरेका थिए । सारापोभाले रुसीका लागि खेलेपनि उनी सानैदेखि अमेरिकामा बस्दै आएकी छन् ।
ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

प्रतिक्रिया