ह्युस्टन फिल्म फेस्टिभलमा अभिनेता महेश त्रिपाठी उत्कृष्ट अभिनेताको मनोनयनमा

काठमाडौँ - अभिनेता महेश त्रिपाठी अमेरिकाको टेक्सासमा चलिरहेको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन् । आजबाट सुरु भएको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा महेश फिल्म ‘हल्कारा’बाट मनोनयनमा परेका हुन् । फेस्टिभलले सार्वजनिक गरेको सूचनामा उत्कृष्ट अभिनेताका लागि महेशले अमेरिका र बेलायतका अभिनेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फेस्टिभलमा ‘हल्कारा’को वल्र्ड प्रिमियर हुन लागेको हो । यो फिल्म २३ तारिखका दिन प्रिमियर हुँदैछ । अभिनेता महेशले मनोनयनको खबरले आफूलाई हौसला मिलेको प्रतिक्रिया दिएका छन् । ‘विश्वकै तेस्रो पुरानो फेस्टिभलमा नेपालबाट अभिनेतामा मनोनयन पाउनु साँच्चिकै गर्वलायक कुरा हो भन्ने लागेको छ । के भनौँ, खुसी छु,’उनले इकागजसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने ।
जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । ‘चपली हाइट ३’मा भर्खरै देखिएका महेशले यो फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारसँग अभिनय गरेका छन् ।
विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।
वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन हुँदैछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया