सि डीभिजन लिग फुटबल : स्वयम्भुको दोस्रो जित
काठमाडौँ : स्वयम्भु क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार प्लानिङ ब्वाइज युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै स्वयम्भुले दोस्रो जित निकालेको हो ।
स्वयम्भुको जितमा बिक्की राई र सुग्रित मगरले एक एक गोल गरे । प्लानिङका क्रिजल खड्काले एक गोल फर्काए । जितसँगै स्वयम्भुले ३ खेलमा ६ अंक जोडेको छ । प्लानिङको यो दोस्रो हार हो । प्लानिङले ३ खेलमा १ अंक जोडेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया