सरकारले भन्योः भारतमा कोभिड संक्रमणदर बढ्यो, संवेदनशील बन्नू
पूर्ण खोप लगाएको तीन महिनामा बुस्टर मात्रा लगाउन आग्रह

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संख्यात्मक रूपमा संक्रमण कम भए पनि जोखिम उत्तिकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रले बताइन् ।
सरकारले महामारी नियन्त्रण गर्न उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरिरहेको छ । कोभिडविरुद्धको खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने तथा खोप अभियानमा निरन्तर साथ दिने सबलाई उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।
बिहीबार विज्ञप्ति जारी उनले उल्लेख गरेकी छिन्,' कोभिडविरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा पश्चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध छ ।'

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया