गठबन्धनको सहमतिविपरीत कांग्रेस काठमाडौँ महानगर समितिले गर्यो उपमेयर सिफारिस

काठमाडौँ- सत्ता गठबन्धन दलविरुद्ध नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले उपमेयरमा दुई जनाको नाम सिफरिस गरेको छ । सत्ता गठबन्धन दलले काठमाडौँ महानगरमा कांग्रेसलाई मेयर दिने निर्णय गरिसकेको छ । उपमेयर भने नेकपा एकीकृत समाजवादीले पाउने सहमति छ ।
समितिले उपप्रमुखमा सुशिला ढकाल र डा.अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको हो । महानगर समितिको गत ४ गतेको बैठकले नगर प्रमुख र उपप्रमुखको पदका लागि महानगर समितिले दुवै पदमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको हो ।
गठबन्धनको बैठकले उपमेयरका लागि अन्य दललाई निर्णय गरेको भए पनि पार्टीबाट सर्कुलेसन नआएकाले उपमेयरको नाम सिफारिस गरिएको समितिका एक सदस्यले इकागजलाई बताए ।
महानगर समितिले नीलकाजी शाक्य, श्रृजना सिंह, हरीप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रंजितको नाम सिफारिस गरेको हो ।

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिक्रिया