मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजीनामा दिएका छन् ।
सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्वसम्मत सिफारिस भएका छन् । गत स्थानीय निर्वाचनमा एमालेका देवी ज्ञवाली भरतपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार रेनु दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए।
यसपटक पनि उनी सोहि स्थानमा संभवत सोही व्यक्तिसंग चुनावी मैदानमा आउदैछन । स्थानीय तहको विकासमा आफ्नो लगाव रहेको र पार्टीले अवसर दिने भएपछि आफूले प्रदेशको सांसद पद त्यागेको उनले बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया