महानगर र उपमहानगरमा भएका सहमतिले गठबन्धन भत्काउने खोज्नेहरु आत्तिएका छन् : प्रचण्ड

कैलाली - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महानगर र ११ उपहानगरमा उम्मेदवार उठाउने विषयमा भएको सहमतिले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको बताएका छन् ।
कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन भत्काउने प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरे ।
बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ ।
देशको नेतृत्व लिन माओवादी केन्द्रलाई कसैले रोक्न नसक्ने भन्दै उनले इँटको जवाफ पथ्थरले दिन कार्यकर्तालाई अपिल गरे ।
देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया