'बीमा निर्देशिका २०७८' खारेजीको माग गर्दै व्यावसायीको आन्दोलन

काठमाडौंँ - नेपाल निर्माण व्यवसायी महासंघ तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आज बीमा समिति धर्ना दिएका छन्। बीमा निर्देशिका २०७८ खारेज हुनुपर्ने माग गर्दै व्यवसायीहरूले बीमा समितिमा धर्ना दिएका हुन्।
बीमा समितिले ल्याएको नयाँ निर्देशिका तथा निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको विरोधमा बिहीबारदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बिमा समितिमा धर्ना कार्यक्रम सुरु गरेको छ ।
महासंघले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिएको हो । महासंघले गत २५ चैतमा पत्रकार सम्मेलन आयोजना गरी आफूहरुको माग सम्बोधन नभए धर्ना दिने जनाएको थियो । व्यवसायीहरूको माग सम्बोधन नभए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । सोही अनुरुप अहिले यि दुबै ठाउँमा धर्ना दिन थलिएको महासंघका अध्यक्ष रवि सिंहले बताए । महासंघका महासचिव रोशन दाहालले निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै कि मूल्यवृद्धि फिर्ता हुनुपर्ने वा यस अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारलाई दबाब दिन आफुहरु धर्नामा बसेको बताए ।
निर्माण व्यवसायीहरूको चैत १४ गते भएको राष्ट्रिय भेलाले बीमा समिति निर्देशिका खारेजीको लागि मार्ग प्रशस्त गरेको सोही अनुसार आफूहरू अगाडि बढेको महासंघका प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए । बीमा समितिले पटक पटक वार्ताको आश्वासन दिएपनि नसुनेका कारण आन्दोलनको कार्यक्रम सुरु गरेको घिमिरे बताउँछन्।

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माणका लागि सहयोग

सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक

प्रतिक्रिया