कर्णालीमा वैशाखमा लगानी सम्मेलन

कर्णाली : कर्णाली प्रदेशमा आगामी वैशाखभित्र लगानी सम्मेलन हुने भएको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याउनुका साथै प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो सम्मेलनको तयारी थालिएको हो ।
लगानी सम्मेलनका लागि प्रदेश योजना आयोगले परियोजना बैंक निर्माणको काम सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हीरालाल रेग्मीले प्रदेश विकास परिषद्को बैठकबाट परियोजना बैंक अनुमोदन गरेपछि मात्र लगानी सम्मेलन आयोजना गरिने बताए ।
“सबै मन्त्रालयमा योजना माग गर्ने काम भइरहेको छ, विज्ञको परामर्शपछि मात्र कुन योजनामा कसको सहभागिता हुने भन्ने टुङ्गो लाग्नेछ”, उनले भने, “कस्ता योजना समावेश गर्ने, प्राथमिकता निर्धारण कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।” कर्णालीमा उद्योग, ऊर्जा र पर्यटनको अत्यधिक सम्भावना भएकाले यस्ता योजनाले प्राथमिकता पाउने बताइएको छ ।
परियोजना बैंकमा प्राथमिकता प्राप्त ठूला आयोजना समेटिने छन् । प्रदेश सरकारले परियोजना बैंकको चर्चा गर्न थालेको दुई वर्ष बिते पनि बल्ल मूर्तरूप दिन थालिएको छ । आर्थिक वर्ष २०७५/७६ मा परियोजना बैंक निर्माण गर्ने प्रदेश सरकारको उद्देश्य थियो । परियोजना बैंक निर्माण भएपछि आव २०७८/७९ को बजेटमा ती कार्यक्रमलाई समावेश गरिनेछ । (रासस)

आजका लागि विदेशी मुद्राको विनिमय दर

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

प्रतिक्रिया