गद्दी बैठक खोलेपछि हनुमानढोका बढे विदेशी आगन्तुक

काठमाडौँ - गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ ।
गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि आज नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गरेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
उनले ग्यालरी, नासलचोक, तस्बिर प्रदर्शनी कक्ष, गहना प्रदर्शनी कक्षलगायत मठ, मन्दिरको अवलोकन गरेको कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।
एक साताअघि नेपालका लागि चिनियाँ राजदूतले पनि हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेको उनले सुनाए ।
चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण टोलीमा आएका वाणिज्य तथा आपूर्ति मन्त्रीले पनि यस क्षेत्रको भ्रमण गरेसँगै धेरै विदेशी पर्यटकको लर्को यहाँ लाग्न थालेको छ ।
चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । यसबाट कार्यालयले रु तीन लाख १० हजार ८०० टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ ।
यस अवधिमा १२ हजार ६० जना स्वदेशीले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्रमा स्वदेशीका लागि रु ३०, विद्यार्थीका लागि रु १५ र विदेशीका लागि रु ३०० शुल्क तोकिएको कार्यालयले जनाएको छ ।
रासस

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया