‘हेमबहादुर मल्ल सम्मान २०७६’ उपाध्यायलाई

काठमाडौँ - यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान २०७६’ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यायलाई उक्त सम्मान प्रदान गर्ने जानकारी गराइएको हो । यो सम्मान बर्सेनि सार्वजनिक प्रशासन तथा व्यवस्थाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छ ।
उपाध्यायले राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, नेतृत्व क्षमता प्रदान गर्नुभएको, सार्वजनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्ता उल्लेखनीय योगदान पुर्याएको जस्ता काम गरेकाले कदरस्वरुप उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो ।
यो सम्मान छनोटका लागि पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र पूर्वसचिव जीवनप्रभा लामा सदस्य रहेका थिए ।
उक्त सम्मान पाउने उपाध्याय सत्रौँ व्यक्ति हुन् । यसको राशि नगद रु दुई लाख रहेको छ ।
हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका संस्थापक प्रमुख कार्यकारी, प्रमुख डाइरेक्टर इञ्चार्ज, प्रमुख सल्लाहकार पदमा रहेर सेवा गरेका थिए । रासस

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_0eVRYdIFxD_y7gh7enrh6qkae7ejzkal1nueyetxeqpipgdyxgkod8gmmp1lfu1oq9u2nkt.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया