भत्ता मांग्दै भङ्गहा नगरपालिकामा धर्ना

जनकपुरधाम - सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले बैंकमा तालाबन्दी गरेको २४ घण्टा नबित्दै जेष्ठ नागरिकहरु समाजिक सुरक्षा भत्ता माग्दैै नगरपालिकाको कार्यालयमा धर्नामा बसेका छन ।
करिव ४÷५ महिनादेखि वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकहरूले सीतापुर बजारस्थित नगरपालिकाको कार्यालयमा धर्नामा बसेका हुन् ।
सामाजिक सुरक्षा भत्ता अपचलनको प्रमुख जिम्मेवार नगरप्रमुख संजीव कुमार साह रहेको भन्दै भङ्गहा नगरपालिका–९ भिमगढका ज्येष्ठ नागरिक सूर्यमान विश्वकर्माले आरोप लगाए ।
तीन÷चार किस्तादेखि आफूहरूले भत्ता पाउन नसकेको दुःखेसो पोख्दै उनले भने, `नगरप्रमुख साहले सामाजिक सुरक्षा भत्ता वितरण गर्न कुनै चासो देखाएनन् ।`
यसअघि बुधबार मात्रै नगरप्रमुख साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकको शाखा कार्यालयमा ताला लगाएका थिए ।
उनले बैंकलाई पटक पटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगर्दा आफूले ताला लगाएको बताएका थिए ।विश्वकर्मा

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया