मकवानपुर उद्योग वाणिज्य संघको वार्षिक सभा स्थगित

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको चैत्र २१ गते हुने तय भएको ५४ औं वार्षिक सभा र चैत्र २३ गते हुने निर्वाचन स्थगित भएको छ । उद्योग वाणिज्य संघ मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको चैत्र ९ गतेको सुचना र स्वास्थ्य मन्त्रलायले जारी गरेको चैत्र ८ गतेको सूचनाको आधारमा स्थगित गर्नुपरेको बताएको छ ।
सूचनामा कोभिड सङ्क्रमण बढ्ने देखिएकोले सभा, भेला, गोष्ठी र भीडभाड हुने कार्य नगर्न सूचित गरेको जनाउँदै वार्षिक सभा र निर्वाचन अर्र्को सूचना नभएसम्म स्थगित गरिएको उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।
तर, आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजकुमार न्यौपानेले चुनाव रोक्ने षड्यन्त्र गरेको बताएका छन् । उनले चुनाव हुन केही दिन बाँकी रहँदै स्थगित गर्नु न्यायीक नभएको बताए । यसप्रति कानुनी उपचार खोज्ने उनको भनाइ छ ।

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

सुन तोलाको १ लाख ९० हजार नाघ्यो

केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेप्से परिसूचक सात अंकले बढ्यो, पाँच कम्पनीको मूल्यमा सकरात्मक सर्किट

सुन तोलाको एक लाख ८७ हजार पुग्यो

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया