सप्तरीमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी- सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । राजविराज नगरपालिका–१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छोरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।
छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलको छोरीको बिहेमा लगाइएको टेन्ट खाेल्ने क्रममा करेन्ट लागेको थियो । गाउँकै जिबछ साहको टेन्टमा लेबरको काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए ।
मृत्यु पश्चात् छिन्नमस्ता अस्पतालबाट पाेष्टमार्टमको लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लगेको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले बताए ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया