हेटौंडाको दिव्य पार्क तोडफोड : जीवराजको प्रतिमा उखेलेर फालियो, मदनको शिर भाँचियो

मकवानपुर- हेटौंडा-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड गरेका हुन् ।
आज बिहान पार्कमा मर्निङ वाक गर्न गएका स्थानीयले शालिक तोडिएको देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराउँदै अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीको घटनाको अनुगमन सुरु गरिसकेको छ ।
आसन्न स्थानीय निर्वाचन नजिकिँदै गर्दा यस किसिमको घटनाले नियोजित रुपमा राजनीतिक पुर्वाग्रह राखेर नै तोडफोड गरिएको हेटौंडा-९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले आरोप लगाए । पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मदन-आश्रितको मात्र प्रतिम तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ ।
जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ । गत असार १४ गते तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट मदन-आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो । दीव्य बाल उद्यानमा बागमती प्रदेश सरकार, तथा स्थानीय सरकारको लगानीमा पर्यटनकीय गन्तव्यको रूपमा विकास गरिँदै छ । यहाँ मदन-आश्रीत, गौतम बुद्धलगायतको प्रतिमा स्थापना गरिसकिएको छ भने विभिन्न आकर्षक संरचनाहरू निर्माण कार्य जारी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया