जिम्बावेविरुद्धको सिरिजका लागि नेपाली टिमको घोषणा, को-को परे ?

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे 'ए' विरुद्धको लिस्ट ए (५० ओभर) र टी- ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार जिम्बावेविरुद्ध हुने खेलका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।
सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला रहेका छन् ।
सिरिजमा नेपाल र जिम्बावे 'ए' बीच तीनवटा ५० ओभरको र तीनवटा टी-ट्वान्टी खेल हुनेछ ।
त्रिवी क्रिकेट मैदानमा ५० ओभरको सिरिजको पहिलो खेल अप्रिल ३०, दोस्रो खेल मे २ र तेस्रो खेल मे ४ मा हुनेछ । यस्तै टी-ट्वान्टी सिरिजको पहिलो खेल मे ६, दोस्रो ७ र तेस्रो खेल मे ९ मा हुने तालिका रहेको छ ।
सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_w9YBk6jy3L_yadiuygr6jffhpid7e2vtzwvb1khtzld9kzj9rhoolctqwlknikkdtbgueih.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

प्रतिक्रिया