नोटिफिकेसनबाट छुटकारा पाउन ‘डिजिटल फास्टिङ’

हामीमध्ये धेरैलाई खानेकुरा नखाइ बस्ने ब्रतबारे थाहा छ । तर, डिजिटल ब्रतबारे कमैलाई मात्र थाहा छ । अहिले धेरैले स्क्रिन टाइम कम गर्ने र इन्टरनेटको लत छुटाउने उपाय खोजिरहेका छन् । ‘डिजिटल फास्टिङ’ भनेको कुनै व्यक्तिले स्वेच्छाले आफूले प्रयोग गर्ने डिजिटल टेक्नोलोजीका माध्यम र साधनबाट केही समय टाढा बस्नु हो ।
इन्टरनेट आधारभूत आवश्यकता बनिसकेको छ । हामीमध्ये अधिकांशको बिहानीको सुरुवात नोटिफिकेसन चेक गरेर हुन्छ । अन्त्य पनि उसैगरी नोटिफिकेसनसँगै हुन्छ । सामाजिक संजालमा फोटो वा पोस्ट सेयर गरेपछि मिनेट–मिनेटमा नोटिफिकेसन चेक गर्ने बानी हामीलाई परिसकेको छ ।
भिडियोमा भ्युज नहेरी चित्तै नबुझ्ने भइसकेको छ । स्क्रिन स्क्रोल गर्दैमा दिन बितेको पत्तो हुँदैन । डिजिटल टेक्नोलोजी र इन्टरनेटको सदुपयोगभन्दा बढी दुरुपयोग भइरहेको छ । यसले हामीलाई फाइदाभन्दा बढी बेफाइदा पुर्याइरहेको छ ।
यसबाट छुटकारा पाउने एउटा राम्रो उपाय हो, डिजिटल फास्टिङ । डिजिटल फास्टिङ गर्दा अरुका पोस्ट हेरेर लाइक, रियाक्टर र कमेन्ट गरिरहनुपर्ने झन्झट हुँदैन । मोबाइलमा सेकेन्ड–सेकेन्डमा आउने सैयौँ नोटिफिकेसनलाई रिप्लाइ गर्नुपर्ने बाध्यताबाट पनि छुटकारा पाइन्छ । डिजिटल फास्टिङले यी र यस्तै गतिविधिको लत हटाउन मद्दत गर्छ । मन मस्तिष्कमा स्फुर्ति जगाइदिन्छ । दैनिक जीवनमा भर्चुअल्लीभन्दा वास्तविक जीवनमा खुसी हुन सघाउँछ । डिजिटल फास्टिङले टेक्नोलोजीसँगको सम्बन्ध स्वस्थ बनाउँछ ।
खानेकुराको ब्रत बस्दा हामी खानाको भोक खपेको जस्तै डिजिटल फास्टिङमा सोसल मिडिया, अनलाइन गेमिङ र अनलाइन सपिङ आदिको भोकलाई खप्नुपर्छ । यसको लत छुटाउनका सकेसम्म कम समय फोन, ल्यापटप वा कम्प्युटरमा समय बिताउनुपर्छ । बिदाको दिनलाई ‘स्क्रीन फ्रि डे’ को रूपमा मनाउन सुरुवात गर्नुपर्छ । डिजिटल फास्टिङको सकारात्मक प्रभाव तत्कालै नदेखिए पनि बिस्तारै देखिँदै जान्छ । यो ब्रत अरु बेला बस्ने ब्रत जस्तो होइन । यसका लागि निकै धैर्य गर्नुपर्छ । यस्तो प्रकारको फास्टिङ गर्दा सुरुमा समस्या हुन सक्छ । आफूलाई नियन्त्रण गर्न गाह्रो हुन सक्छ । तर, बिस्तारै बानी पर्दै जान्छ र राम्रो नतिजा पनि आउँछ ।
डिजिटल फास्टिङ वा इन्टरनेट फास्टिङ कसरी गर्ने भनेर ठोस मापदण्ड बनिसकेको छैन । यो व्यक्तिअनुसार भर पर्ने कुरा हो । आफ्नो मुल्याङ्कन आफैँ गरेर टेक्नोलोजीसँग कति समय बिताउने वा नबिताउने भनेर निर्धारण गर्ने हो । कसैले दिनको निश्चित घण्टा त कसैले हप्ताको निश्चित घण्टा वा कसैले महिनाको निश्चित घण्टा मात्र डिजिटल उपकरणमा चलाउनु पर्छ ।
वैज्ञानिकहरूले २ वर्षमुनिका बच्चाहरूलाई स्क्रिन प्रयोग गर्न नदिने, २ देखि १२ वर्षसम्मका उमेर समूहलाई दिनको १ घण्टा मात्र प्रयोग गर्न दिने र १२ वर्षभन्दा माथिको उमेर समूहलाई दिनको २ घण्टा मात्र स्क्रिन प्रयोग गर्न सकिन्छ भन्ने एउटा सुझाव दिएका छन् । यसकारण कति समय फास्टिङ बस्ने भन्ने कुरा आफूलाई कुन हदसम्मको लत छ त्योसँग सम्बन्धित छ ।
इन्टरनेटको लतमा पर्न जति सजिलो छ, त्यसबाट उम्किन उत्तिकै मुस्किल छ । टेक्नोलोजीको दुरुपयोगबारे समयमै सोच्न सकिएन भने कुनै न कुनै मानसिक तथा शारीरिक समस्याबाट टाढा हुन सकिदैन । लगातार डिजिटल उपकरणको प्रयोग गर्दा त्यसबाट उत्पन्न हुने विकिरणले स्वास्थ्यमा समस्या निम्त्याउँछ । डिजिटल एडिक्सनमा पर्दा काम र दैनिक जीवन व्यवस्थापन गर्न मुस्किल पर्छ । शरीरमा खाना, काम वा टेक्नोलोजी जे पनि ठिक्क मात्रा भएको राम्रो । यसमध्ये कुनैको मात्रा बढी भयो भने पनि त्यसले बेफाइदा गर्छ ।
डिजिटल एडिक्सनबाट निम्तिने समस्याहरू
- थकान महसुस हुने
- आँखाको समस्या हुने
- हात र पाखुरामा दुखाई
- डिप्रेसन
- एन्जाइटी
- एक्लोपनमा रमाउने
- निद्रामा गडबडी
- मोटोपना
- आत्महत्या
- अपराध
- झैझगडा
अहिले औँलाको भरमा संसार चल्ने प्रविधिको युग छ । यस्तो समयमा प्रविधिको प्रयोगबाट टाढा रहन सकिदैन । तर, त्यसलाई व्यवस्थित गरेर उचित तरिकाले मात्र प्रयोग गर्नुपर्छ । सामाजिक संजालमा ट्रेन्डिङ र भाइरल हुने जमाना छ । यो भिडमा डिजिटल फास्टिङलाई ट्रेन्डिङमा ल्याउन सकियो भने धेरै राम्रो हुन्छ । त्यो समयलाई उपलब्धिमुलक कार्यमा लगानी गर्न सकिन्छ ।
डिजिटल फास्टिङको समयमा के गर्ने ?
- प्रकृतिमा रमाउने
- आफन्त र परिवारलाई बढी समय दिने
- योगा वा ध्यान गर्ने
- अफलाइन अन्तक्रिया बढाउने
- तनाबबाट टाढा बस्ने प्रयास गर्ने
- सिमित सामाजिक सञ्जालमा मात्र आबद्ध हुने
- समय–समयमा हाइकिङ–टे«किङमा निस्किने
- फोन चलाउने र अरू काम गर्ने समय तालिका बनाउने
- उपकरणहरूको नोटिफिकेसन बन्द गर्ने
- टाइमर सेट गरेर उपकरण चलाउने
- साथीभाइ तथा आफन्तसँग बस्दा फोन नचलाउने
- पढ्ने
डिजिटल फास्टिङ गर्न सुरु गरेपछि पहिलाभन्दा अत्याधिक समय बच्छ । डजिटल फास्टिङ मानसिक स्वास्थयलाई मात्र नभइर शारीरिक स्वास्थ्यलाई समेत बलियो बनाउँछ । पढाइमा लगाब बढ्छ । सामाजिक सम्बन्ध दरिलो भएर जानुका साथै असल व्यक्तित्व विकास हुन्छ । (एजेन्सीको सहयोगमा)

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया